काठमाडौं । गायक प्रशान्त तामाङको निधन भएको छ । इण्डियन आइडल विजेत प्रशान्तको दिल्लीस्थित आफ्नै निवासमा आइतबार निधन भएको हो ।
इन्डियन आइडल सिजन ३ का विजेता गायक प्रशान्तको ४२ वर्षको उमेरमा आइतबार हृदयघातका कारण निधन भएको हो ।
अभिनेता समेत रहेका तामाङले नेपाली चलचित्रमा अभिनय गरेका थिए । उनले स्वर दिएका धेरै नेपाली गीतहरु चर्चित छन्
उनी भारतीय मूलका नेपालीभाषी गायक हुन् ।