आजको सुनचाँदीको भाउ

न्युजलय २० पुस २०८०, शुक्रबार १२:०० मा प्रकाशित

  काठमाण्डौ । शुक्रबार (आज) सुनचाँदीको भाउ आज यथावत् रहेको छ ।

हिजो तोलामा १३ सय रुपैयाँले घटेर सुन एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज यही भाउ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटबढ भएको छैन । चाँदीको भाउ तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।