घट्यो सुनको मूल्य

न्युजलय १९ बैशाख २०७९, सोमबार ११:२७ मा प्रकाशित

काठमाण्डौ । सोमबार(आज) सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा आइपुगेको छ ।