काठमाडौं । अमेरिकी आक्रमणमा भेनेजुएलामा १०० जनाको मृत्यु भएको छ।
राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएपछि अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणमा बुधबार राति १०० जनाको मृत्युभएको भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डिओसडाडो काबेलो बताएका छन् ।
भेनेजुएलाका अधिकारीहरूले मदुरोको सुरक्षा टोलीको ठूलो हिस्सा ‘चिसो रगतमा’ लत्पत्तिएको बताएका छन् । क्युबाले समेत भेनेजुएलामा आफ्नो सैन्य र गुप्तचरहरु मारिएको बताएको छ ।
अमेरिकाले छापा मार्ने क्रममा मदुरोसँगै हिरासतमा रहेकी उनकी श्रीमती सिलिया फ्लोरेसको टाउकोमा चोट लागेको काबेलोले बताएका छन् ।