पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश एकको अधिवेशन सम्पन्न

न्युजलय २१ मङ्सिर २०७८, मङ्गलबार ०८:५९ मा प्रकाशित

इटहरी । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश नम्बर १ को दोस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ । उक्त अधिवेशनबाट रञ्जन चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।


प्रदेश नम्बर १ का विभिन्न जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुलाई समेटेर १५ सदसिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।


इटहरीमा आयोजित दोस्रो अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा जिवन नेपाल उपाध्यक्षद्धयमा राजकुमार थापा र तेलुराम शर्मा सचिवमा माधव अधिकारी सहसचिवमा धनश्याम पोखरेल कोषाध्यक्ष गौतम शर्मा चयन भएका छन् । नयाँ कार्यसमितिका सदस्यहरुमा चुडामणी घिमीरे, सन्तोष दाहाल, महेश पन्त, जिवन लुइटेल, टंकप्रसाद भट्टराई, खगेन्द्र सिञ्जाली र शिवप्रसाद चौलागाई रहेका छन् ।


सञ्जीव सत्यालको अध्यक्षता तथा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मनहरी बस्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश नम्बर १ का विभिन्न स्थानका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको सहभागिता रहेको थियो ।  सो कार्यक्रममा लामो समय देखि धरानमा रहेर पुस्तक तथा स्टेशनरी व्यवसाय सञ्चालन गर्दै आएको भनेर धरानका चन्द्रभान धायललाई सम्मान गरिएको थियो ।