सुनचाँदीको मूल्य घट्यो

न्युजलय १४ माघ २०८१, सोमबार ११:२७ मा प्रकाशित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको भाउ घटेको छ। 

छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ।