माओवादी इटहरीको नगर अधिवेशनमा कुर्सी फोडाफोड, बहादुरसिंह अध्यक्ष निर्वाचित

न्युजलय १८ मङ्सिर २०७८, शनिवार ०१:५७ मा प्रकाशित

इटहरी । नेकपा (माओवादी केन्द्र) इटहरीको प्रथम नगर अधिवेशनबाट बहादुर सिंह थापा अध्यक्षमा निर्वाचित भएका छन् । मध्यरात भएको मतगणनापछि तामाङको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित भएको हो । 

ज्ञान किराती, रितेस श्रेष्ठ र कबिन्द्र बहादुर केसिलाई उपाध्यक्षमा निर्वाचित भएका छन् भने प्रभात आचार्य सचिव तथा शुशीला उप्रेती सहसचिव निर्वाचित भएका छन् । 

यता निर्वाचन धाँधलीपूर्ण भएको भन्दै मध्यरातमै अधिवेशनस्थलमा कुर्सी फोडाफोड भएको छ । एकलौटी प्यानलको नाम बाँडेर चुनाव गरिएको, उम्मेदवारहरुलाई छलफल गर्ने समय नै नदिइ चुनाव घोषणा भएको भन्दै युवाहरुले राती विरोध जनाएका हुन् । मुचुल्का नउठाइ र उम्मेदवारका प्रतिनिधि विनै गणना गरिएको भन्दै एउटा समुहले विरोध जनाएको छ ।

अध्यक्षका अन्य दुई उम्मेदवारहरु डम्बरबहादुर काफ्ले र मणिराम गिरी निर्वाचन नै बहिष्कार गरी हिडेका थिए ।