२५ माघ २०७९ बुधवारको राशिफल

न्युजलय २५ माघ २०७९, बुधबार ०७:१२ मा प्रकाशित

मेष । रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

बृष । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । हिम्मत बढ्ने र आकस्मिक धन लाभ हुनेछ ।

मिथुन । आज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।

कर्कट । अरुलाई प्रभावित पारेर काम बन्नेछ । घर भित्रको मनोरञ्जनमा सहभागी भइएला । व्यापार, व्यवसायमा पर्याप्त लाभ पनि मिल्नेछ ।

सिंह । आज प्रविधि मार्फत आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

कन्या । सामाजिक र पदप्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुने र शुभकार्यको चर्चा चल्नेछ ।

तुला । आज बन्न लागेको काम बिग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । स्वास्थ्य प्रति सजग र सचेत पनि रहनु पर्नेछ ।

धनु । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा नयाँ योजना बन्नेछ ।

मकर । आज शुभ समाचार सुन्न पाइएला । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

कुम्भ । लाभहानी, आयव्यय, सुखदुस्ख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।

मीन । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।