काठमाडौँ । शुक्रबार(आज) सुनको मूल्य तोलामा एक हजारले बढेको छ। बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ। यो हालसम्मकै उच्च विन्दु हो।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ।
चाँदीको मूल्य भने तोलामा ५० ले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भनेएक हजार नौ सय निर्धारण भएको छ।