सन्दीप लामिछानेका समर्थकले आफूलाई अनफ्रेन्ड गर्न गायिका अभयाको अनुरोध

न्युजलय ११ जेठ २०८१, शुक्रबार १२:०८ मा प्रकाशित

काठमाडौं । रकस्टार अभया सुब्बाले आफूलाई फेसबुकमा अनफ्रेन्ड गर्न क्रिकेटर सन्दीप लामिछानेका समर्थकलाई अनुरोध गरेकी छिन् । बिहीवार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले यस्तो अनुरोध गरेकी हुन् । 

गत २ जेठमा उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सफाइ दिएपछि उनले यस्तो लेखेको अनुमान गरिएको छ । 

‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरूले मलाई अनफ्रेन्ड गरिदिनु होला,‘ उनले लेखेकी छिन्, ‘म मेरो वरिपरि यी नीच अनुयायीहरू हुनुभन्दा केही असल साथीहरू होउन् भएको चाहन्छु ।’

 १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा तल्लो अदालतबाट दोषी ठहर भएका लामिछानेले गत जेठ २ मा उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । अदालतको फैसलामा असन्तुष्ट जनाउँदै गायिका सुब्बाले यस्तो पोस्ट गरेको बुझ्न सकिन्छ । 

हाल उनले उक्त पोस्ट हटाएकी छन् ।