मोटरसाइल दुर्घटना हुँदा तीन जनाको मृत्यु

न्युजलय १८ पुस २०७८, आइतबार ०१:३१ मा प्रकाशित

सर्लाही । सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको छ । 

इश्वरपुर नगरपालिका–३ बयलबास भक्तिपुर सडकखण्डस्थित सागरनाथ जंगलमा बयलबास तर्फ जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोकिएर बाटो भन्दा १० मिटर तल खसेको थियो ।

दुर्घटनामा ईश्वरपुर नगरपालिका–१० दसबिघा बस्ने वर्ष २२ वर्षिय अरुण सिंह, २० वर्षिय श्रगम बिक र रोहन सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित तीनजना लडेको अवस्थामा देखेपछि स्थानीयले आइतवार विहान प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनाको समय र कारण खुल्न नसकेपनि मादक प्रदार्थ सेवन अथवा बाक्लु हुस्सुले मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक तीनैजनाको शव जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।