ग्रामीण पत्रकार समूहमा नयाँ कार्यसमिति चयन

न्युजलय १८ जेठ २०८०, बिहिबार ०५:५४ मा प्रकाशित

सुनसरी । ग्रामिण पत्रकार समुह बराहक्षेत्रको चौथो अधिबेशनबाट हिरण्य कार्की सर्वसहमतबाट अध्यक्षमा चयन भएका छन् । 

बुधबार चक्रघटीको पारालिगल भवनमा भएको अधिवेशनबाट उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ (अर्जुन), सचिवमा सुबिन बिश्वकर्मा, सहसचिव सुधन गुरागाइ, कोषाध्यक्षमा गङ्गा भट्टराई रहेका छन् । 

सदस्यहरुमा राजन घिमिरे र सिर्जना थापा चयन भएका छन् । निर्वाचित समितिको कार्यकाल दुई वर्ष रहने छ ।