कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघले एक महिला माथि आक्रमण गरेको छ ।
स्थानीय ४२ वर्षीया गंगा चन्दलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले आक्रमण गरेर लगेको छ । उनको खोजी कार्य भइरहेको बताइएको छ ।
नाला किनारमा सिमसार जमिन र झाडी भएका कारण खोजीमा समस्या भइरहेको छ । उक्त क्षेत्रमा चैत मध्यदेखि दिउँसै बाघ देखिइरहेको थियो ।