बढ्यो सुनको मूल्य

न्युजलय १९ असार २०८१, बुधबार ११:३३ मा प्रकाशित

काठमाडौं । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ रहेकोमा बुधबार १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको भाउ २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँ रहेको चाँदी आज १८२५ रुपैयाँ कायम भएको छ ।