फार्मेसीसँग मिलेर बिरामी ठग्ने चार विचौलिया पक्राउ

न्युजलय ४ पुस २०७८, आइतबार ०८:४९ मा प्रकाशित

विराटनगर । फार्मेसीसँगको मिलेमतोमा उपचारका लागि अस्पताल जाने बिरामी र उनीहरूका आफन्तलाई ठग्ने चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । आफूले भनेको अस्पतालमा मात्रै उपचार राम्रो हुन्छ भन्दै बिरामी र उनीहरूका आफन्तलाई फकाएर कमिसन दिने फार्मेसीमा औषधि किन्न बाध्य बनाउने उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१९ का ४६ वर्षीय विनोद राय, विराटनगर–५ का ६० वर्षीय रामा सुनुवार, ४५ का दिलिप साह र विराटनगर–१२ का ३९ वर्षीय शिव कुमार कामत रहेका छन् । उनीहरूले विचौलीयाको रूपमा फार्मेसीहरूसँग मिलेमतो गरी सर्वसाधारण नागरिकलाई ठगी गर्ने र अनावश्यक दुख दिने गरेको प्रहरीको दाबी छ ।