आज ११ चैत्र २०८२ बुधवारको राशिफल

न्युजलय ११ चैत २०८२, बुधबार ०६:१७ मा प्रकाशित

मेष । आत्मविश्वासमा वृद्धि हुनेछ र नयाँ काम सुरु गर्ने उत्साह आउनेछ। करियरमा प्रगतिको संकेत देखिन्छ। परिवारसँग समय बिताउँदा मन शान्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

वृष । आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। अनावश्यक खर्चबाट जोगिनुहोस्। परिवार र साथीभाइसँगको सम्बन्ध मधुर हुनेछ। आफ्नो व्यवहारले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

मिथुन । आज तपाईंको दिन व्यस्त रहनेछ। नयाँ योजनाहरु बनाउन र कार्यान्वयन गर्न अनुकूल समयको प्रतिक्षा गर्नुहोस्। मानसिक तनावबाट मुक्त हुन ध्यान र विश्राम गर्नुहोस्। आर्थिक पक्षमा केही सुधार होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट । काममा केही चुनौती आउन सक्छ तर धैर्य राखे समाधान मिल्नेछ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अभिव्यक्तिको कलामा निखार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

सिंह । मेहनतले सम्मान र स्थान दुवै दिलाउनेछ। पहिलाको सफलताले थप हौसला जाग्नेछ। नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ र निर्णयले सकारात्मक परिणाम ल्याउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

कन्या । आर्थिक रूपमा लाभ मिल्ने सम्भावना रहेको छ। नयाँ योजनाहरू सुरु गर्न उपयुक्त समय रहेको छ। वरिष्ठ व्यक्तिहरूसँग सकारात्मक सम्बन्ध रहनेछ जसले कामलाई सहज बनाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

तुला । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोस्। स्वास्थ्यको दृष्टिकोणले दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा मेहनतले राम्रो परिणाम दिन थाल्नेछ। सवारी साधन चलाउँदा सचेत रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक । रोकिएको काम अगाडि बढ्ने संकेत देखिनेछ। लगानी गर्न चाहनु हुन्छ भने सोच विचार गरेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। पारिवारिक जीवनमा खुसी र सामञ्जस्य कायम रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

धनु । काममा ध्यान केन्द्रित गर्दा राम्रो परिणाम मिल्नेछ। आर्थिक रुपमा सुधार हुने संकेत छन्। विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ त्यसर्थ सन्तुलित खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर । मेहनतले गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रत्यक्ष नतिजाले उत्साह जाग्नेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ । छरछिमेकीसँग असमझदारी बढ्ने सम्भावना छ। अवसरवादीहरूबाट सजग रहनुहोला। कार्यक्षेत्रमा दोहोराएर प्रयत्न गर्दा लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन । सामाजिक हितमा राम्रो काम गर्न सकिनेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आँटेको काम सजिलै सम्पादन गर्न सकिनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

स्रोत हाम्रोपात्रो