२०७८ साल मङ्सिर १३ गते सोमबार

७० वर्षीया महिलाले जन्माइन् पहिलो सन्तान

न्युजलय ४ कार्तिक २०७८, बिहिबार ०८:४३ मा प्रकाशित

गुजरात । भारतको गुजरात राज्यमा ७० वर्षीया महिलाले पहिलो सन्तान जन्माएकी छन् । कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी हुन् । उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारी सन्तान प्राप्तीपछि खुसी छन् ।

इन विट्रो फर्टिलाइजेसन प्रक्रियामार्फत गर्भ बसालेको र सी सेक्सनमार्फत ८ महिनामा उनको सुत्केरी गराइएको थियो । शिशु र आमा दुवैको स्वास्थ्य राम्रो रहेको बताइएको छ ।

करिब ४५ वर्षअघि बिहे गरेको सो दम्पतीले सन्तान सुख पाउन सकेका थिएनन् । बुढो उमेरमा पहिलो बच्चा जन्माउने वाल्जीभाइ संसारको पहिलो महिला हुनसक्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।