इटहरी । इटहरीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ।
मृत्यु हुनेमा ५१ वर्षीय श्री मुरारी गिरी छन्। उनीमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले सालो पर्ने भोजपुर हतुवागढी गाउँपालिका घर भएका १९ वर्षीय अर्जुन राईलाई पक्राउ गरेको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।
प्रहरीका अनुसार राई मानसिक रूपमा अस्वस्थ थिए। उपचारको लागि राईलाई गिरीकै घरमा राखिएको थियो।
मंगलबार बेलुका सालो राईले अचानक गिरीको छातीमा छुरा प्रहार गरेका थिए । घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरलिे जनाएको छ ।
राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।