र्‍याप गाउँदै नायिका स्वस्तिमा

न्युजलय २ असार २०७९, बिहिबार ०१:२२ मा प्रकाशित

काठमाडौं । नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र  ‘चिसो मान्छे’ शुक्रबारदेखि रिलिज हुँदैछ । उक्त चलचित्र प्रचारमा उनी यति सक्रिय छिन् कि यसको लागि उनी र्‍यापर बन्न समेत पछि परिनन् ।

‘म तिम्रो निश्चल अनि तिमी मेरो स्वस्तिमा

तिमीलाई बाहेक मैले अरु कोही सोच्दिनँ

तिमी भए पुग्छ मलाई, अरु नि खोज्दिनँ

तिम्रो अघि कहिले मैले तरुनी रोज्दिनँ

म तिम्रो निश्चल अनि तिमी मेरो स्वस्तिमा’

र्‍यापर डीएनएक्ससँग मिलेर स्वस्तिमाले ती र्‍याप गाएकी हुन् । गएराति सम्पन्न नेपहपको श्रीपेचको नयाँ एपिसोडमा स्वस्तिमा हिपहप लुक्समै प्रस्तुत थिइन् । 

स्वस्तिमाका पति तथा निर्देशक निश्चल बस्नेतसँगको केमेस्ट्री मिलाएर उक्त गीत तयार थियो । 

स्वस्तिमाले र्‍यापर लाउरेको गीत पनि गाएकी थिइन् ।शुक्रबारदेखि हलमा लाग्ने फिल्म ‘चिसो मान्छे’मा स्वस्तिमाले बाजुराकी युवतीको भूमिकामा अभिनय गरेकी छिन् ।

ट्रेलरबाट उनले प्रशंसा बटुलेकी छिन् ।