विराटनगर । मोरङमा नयाँ वर्ष मनाउने क्रममा बङ्गुरको मासु खाँदा अड्किएर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रतुवामाई नगरपालिकाका–९ का ४८ वर्षीय बेथुलाल माझी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पोलेर खाने क्रममा साँझ करिब ५ बजेतिर मासु अड्किएकोका माझीको उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ।