काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँको दरले किनबेच भएको थियो ।
सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला १५ रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि बिहीबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँको दरले किनबेच भएको थियो ।