क्रिकेट विश्वकप लिग टु : नेपालले आज यूएईसँग खेल्दै

न्युजलय ७ चैत २०७८, सोमबार ०१:३२ मा प्रकाशित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेल नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।


खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

 

पछिल्ला खेलमा पराजित दुवै टोली आज जित हात पार्ने लक्ष्यमा छ । नेपाल पछिल्लो खेलमा यूएईसँग नै पराजित भएको थियो भने त्यसपछि यूएई पपुवा न्यु गिनीसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई हराएको थियो ।


अघिल्लो खेलमा ब्याटिङमा कमजोर देखिएको नेपालका लागि यूएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ ।

 

पछिल्लो समय यूएईमा लयमा देखिएको छ । एक महिनाअघि टी-२० विश्वकप छनोट र त्यसअघिको टी-२० सिरिजमा पनि नेपाल यूएईसँग पराजित भएको थियो ।


एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले यूएईलाई पछिल्लो पटक सन् २०१९ मा उसैको मैदानमा हराएको थियो । आजको खेलमा नेपाललाई यूएईविरुद्ध बदला लिँदै खेल जित्ने अवसर छ ।