सुनको मूल्यमा नयाँ रेकर्ड

न्युजलय ३१ असार २०८१, सोमबार ११:२८ मा प्रकाशित

काठमाडौँ । आज फेरी सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

योसंगै सुन प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगे उच्च मूल्य रेकर्ड बनेको थियो ।

त्यस्तै आज चाँदी मुल्य पनि तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ । अघिल्लो दिन १८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८८५ रुपैयाँ कायम भएको हो ।