काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला १ लाख ७० हजार कायम भएको सुनको मूल्य आज १ लाख ७० हजार ३ सय कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला १ हजार ९९० रहेको चाँदीको मूल्य आज १ हजार ९७० कायम भएको छ ।