सुनको मूल्य बढ्यो

न्युजलय ७ साउन २०८१, सोमबार ११:३२ मा प्रकाशित

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ। आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ आज एक सय रूपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।