बढ्यो सुनको मूल्य

न्युजलय १० पुस २०८०, मङ्गलबार १२:०० मा प्रकाशित

 काठमाडौं । सुनको मूल्य तोलामा एक लाख २० हजार रुपैयाँ नाघेको छ ।

मंगलबार (आज) छापावाल सुनको मूल्य प्रतितोला ६ सयले बढेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस दिन तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी, आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ ।