सुनचाँदीको मूल्य घट्यो

न्युजलय २४ जेठ २०८३, आइतबार ११:०६ मा प्रकाशित

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी ३३५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य तीन लाख आठ हजार कायम भएको छ ।

यस्तै चाँदीको मूल्य चार हजार ८९५ निर्धारण भएको छ ।