सुनको भाउ घट्यो

न्युजलय ४ माघ २०८०, बिहिबार ०१:०५ मा प्रकाशित

  काठमाण्डौ । बिहिबार(आज) सुनको भाउ सात सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।