झापामा हायसको ठक्करबाट एक जनाको मृत्यु

न्युजलय ३ असार २०८०, आइतबार ०२:१४ मा प्रकाशित

 बिर्तामोड । झापाको कनकाई नगरपालिका –३ सुरुङ्गास्थित पूर्व–पश्चिम राजमार्गमा आइतवार बिहान हायसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको बा ३ ख ८६३७ नम्बरको हायसले विपरीत दिशाबाट आउँदैगरेको मधेस प्रदेश ०३–०२८ प ६३४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका स्कुटरचालक शिवसताक्षी नगरपालिका –११ बस्ने ४५ वर्षीय मानबहादुर बेघालाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

दुर्घटनापछि हायस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।