काठमाडौँ । सुनको मूल्य बुधबार(आज) पनि घटेको छ ।
आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तेजावी सुन भने तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।