इटहरीमा दुईजना सहित प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण

न्युजलय १९ पुस २०७८, सोमबार ०७:१६ मा प्रकाशित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना संक्रमण भएको छ ।

४२३ जनाको पीसीआर परीक्षण गर्दा २५ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । सुनसरीको इटहरीमा २ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १३५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।