सुनको मूल्य हालसम्मकै उच्च

न्युजलय १३ माघ २०८२, सोमबार १२:१२ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार पुगेको हो ।

हिजो आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ पनि आज बढेको  छ । आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।