सिड्नी । चर्चित फिटनेस एकेडेमी न्युजिन नेपाल र न्युजिन अष्ट्रेलियाले एक्सपर्ट एजुकेसन कन्सल्टेन्सीका बिजनेस डेभलपमेन्ट म्यानेजर प्रशन्न दाहाललाई आफ्नो आधिकारिक एम्बासडर नियुक्त गरेको छ ।
युवाशक्तिको सशक्तीकरण, सामुदायिकीकरण र सामाजिक सेवामा पुर्याउँदै आएको योगदानको कदरस्वरूप उनलाई एम्बेसडर नियुक्त गरिएको जनाइएको छ। एम्बेसडरको रुपमा उनले न्युजिन नेपाल र न्युजिन अष्ट्रेलियाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने, दुई देशका समुदायबीच समन्वय विस्तार गर्ने तथा युवाहरूमा प्रतिभा र नेतृत्व विकासका कार्यक्रमहरू प्रवर्द्धन गर्ने छन् ।
संस्थाले दाहालको अनुभव, दूरदृष्टि र प्रतिबद्धताले समुदायहरूलाई जोड्न र आगामी पुस्ताका लागि उज्ज्वल तथा सम्भावनापूर्ण भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
न्युजिनले तेक्वान्दो, मार्सल आर्टस्, कराँते, नृत्य जस्ता विभिन्न खेलकुद गतिविधिमार्फत् युवाहरुलाई शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यका लागि काम गर्दै आएको छ ।