काठमाडौं । रक एन्ड रोल संगीतमा नामी गायक रोबिन तामाङको निधन भएको छ। ६० वर्षीय रोबिनको मंगलवार साँझ काठमाडौंस्थित बुढानिलकण्ठमा उनकै निवासमा निधन भएको प्रहरीले जनाएको छ ।
आफ्नै निवासमा मृत भेटिएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए। बुढानिलकण्ठ प्रहरी वृत्तका प्रहरीका अनुसार तामाङको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।
तामाङ बेडरुममा मृत अवस्थामा भेटिनु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण पोस्टमार्टमपछिमात्र पत्ता लाग्ने प्रहरीले बताएको छ ।
उनी ‘रोबिन एन्ड दी न्यु रिभोल्युसन’ का संस्थापन हुन्। पछिल्लोपटक रोबिनले नाका, छ्ड्के–२, चिसो एस्ट्रेलगायतका फिल्ममा समेत अभिनय गरेका थिए।