धरान–६ का वडाअध्यक्ष भट्टराई राप्रपामा प्रवेश

न्युजलय २१ भदौ २०८०, बिहिबार १२:४३ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिका – ६ का वडाअध्यक्ष भूपेन्द्र भट्टराई बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।

उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा पुगेर पार्टीमा स्वागत गरेका हुन्।  भट्टराई बिहीबारदेखि औपचारिक रूपमै राप्रपामा प्रवेश गरेको जानकारी लिङ्देनले दिएका छन्। 

२०७८ मा भएको स्थानीय तह निर्वाचनमा धरान –६ मा भट्टराई स्वतन्त्रतर्फबाट विजयी भएका थिए।