जनभावना अनुसार काम गर्नुहोस् पाटीले मूल्याङ्कन गर्नेछ ः ज्ञानेन्द्रबहादुर कार्की

बाबुराम कार्की २८ जेठ २०८०, आइतबार ०६:१० मा प्रकाशित

सुनसरी । नेपाली काङ्ग्रेस बराहक्षेत्रको नगर सम्मेलनमा पाटी र कायैकर्ताको चर्चा भएको छ । 

शनिबार चक्रघट्टीको सूर्य फेमेली पाटी प्यालेसमा भएको कार्यक्रममा नेता, जनप्रतिनिधिले इमानदारी भएर जनभावना अनुसार काम गर्नुपर्ने बताइएको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नम्बर ४ का संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काङ्ग्रेसको नेतृत्वमा बनेका संघीय, प्रदेश र स्थानीय सरकारले गरेका कामको प्रचार नभएको बताएका छन् । 

संघीय सांसद कार्कीले जनप्रतिनिधि एक वर्षका लागि नभएर अझै चार वर्ष समयावधि रहेको बताएका छन् । उनले भने यो वर्ष हुन नसकेका विकासलगायतका शिक्षा, स्वास्थ्य, कृषि, सड्क लगायतका कामहरु आउँदो आर्थिक वर्षमा समेटेर गरिने बताए ।

सांसद कार्कीले भने “पाटीको नेतृत्व तहमा जाने सबैलाई इच्छा हुन्छ । पदहरु सीमित हुने भएकाले सबै जान सकिदैँन । जनभावना अनुसार काम गर्नुहोस् पाटीले मूल्याङ्कन गर्नेछ ।” 

नेपालको राजनीतिक इतिहासमा युगन्तकारी परिवर्तन गर्ने काङ्ग्रेसमा नै जनताको भरोसा छ भन्दै अबको दशकमा पाटीले धेरै काम गर्नुपर्ने प्रमूख अतिथि कार्कीले बताएका छन् । 

उनले भने “अरु सबै दिन काङ्ग्रेस हुने तर भोट हाल्ने दिन गैरकाङ्ग्रेस हुने किसिमको संस्कृतिको अन्त्य आजै बाट गराँै ।” 

उनले पाटीप्रति बफादारी भएर लाग्नुपर्ने बताए । ‘संघीय सांसद ज्ञानेन्द्रबहादु्र कार्कीले कार्यकर्ताहरुमाझ चक्रघट्टी र प्रकाशपुरलाई जोडेर स्मार्ट सिटी बनाउने कुरा छ त्यो मेरो प्रतिज्ञा हो । नगरका अरु क्षेत्रमा समेत विस्तार गरिने छ ।’ 

कार्यक्रममा बोल्दैे सांसद कार्कीले सुनसरी क्षेत्र नम्वर ४ क र ख का प्रदेश संसदहरु हाजी इसराइल मन्सुरी र सदानन्द मण्डल नै क्षेत्रको सम्र्पक व्यक्ति रहेको बताए । 

कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुव अन्सारीले भने ‘क्षेत्रको विकासमा संघीय सांसददेखि प्रदेश र स्थानीय सरकार लागिरहेको । पाटी भन्दा ठुलो नेतृत्व होइन नेतृत्वले पाटीलाई सम्झेर काम गर्नुपर्छ ।’ 

सुनसरी क्षेत्र नम्बर ४ क र ख का प्रदेश सांसदहरु सदानन्द मण्डल र हाजी इसराइल मन्सुरीले प्रदेशमा क्षेत्रको जनताको जनजिविका सँग जोडिएका विषयहरुको बारेमा प्रदेश सभामा कुरा उठाउदै समाधानको बाटो र विकासको कामलाई राखेर काम गर्दै आएको बताएका छन् ।  

कार्यक्रमका सभापति रमेश कार्कीले कार्यक्रम बिच कार्यकर्ताले उठाएका बिषयहरुको बारेमा प्रष्ट पारेका थिए । 

उक्त कार्यक्रममा वार्ड नं. १ का पाटी सभापति ईश्वर थापा, वार्ड नं. १० का सभापति तेजबहादुर गुरुङ, प्रदेश पार्सद रमेश काफ्ले, क्षेत्र नं. ४ क का कार्यवाहक सभापति मधुकर तामाङ, महाअधिवेशन प्रतिनिधि दिपेशजंग बस्नेत, महासमिति सदस्य बाबुराम विष्ट र जगत बहादुर कार्कीले शुभकामना मन्तव्य राखेका थिए । 

सांसद कार्की आप्mनो निर्वाचन क्षेत्रमा आई रहन्छन् । स्थानीयहरु माझ पुग्ने , गुनासाहरु सुन्ने र समाधानको लागि सरकारसँग पहल गर्ने गरेका छन् ।