फिल्म ‘मीलन’को गीत सार्वजनिक (भिडियोसहित)

न्युजलय २९ कार्तिक २०७९, मङ्गलबार १२:४७ मा प्रकाशित

काठमाण्डौ । फिल्म ‘मीलन’ को आइटम गीत सार्वजनिक भएको छ।

फिल्ममा समावेश ‘अलि अलि पिएपछि’ बोलको गीत सार्वजनिक गरिएको हो। बबिना किराँती र कृष्ण केसीको स्वर रहेको गीतमा शब्द तथा संगीत टेक पौरखी राईको छ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडिओमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापालाई देख्न सकिन्छ। 

प्रविन थापा निर्माता रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल, सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करण थापा मगरलगायत कलाकारको अभिनय छ। 

राहुल राईले छायांकन गरेको फिल्मलाई तारा किम्बे थापाले सम्पादन गरेका हुन्। यो फिल्म मंसिर ९ गतेदेखि प्रदर्शन हुनेछ।