काठमाडौँ । सनुको मूल्य सोमबार(आज) स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यसैगरी, तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यो दिन चाँदीको मूल्य पनि स्थिर छ । चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।