सुनको भाउ घट्यो

न्युजलय ४ भदौ २०८२, बुधबार ११:२३ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँ घट्दै २२ सय ५५ रुपैयाँ कायम भएको छ ।