विराटनगर । मोरङमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
मोरङको विराटनगर–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको डाईलेक्स डिसी ११ बोतलसहित सुन्दरहरैचा नगरपालिका–७ बस्ने ३५ वर्षीय आशीष ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।