काठमाडौं । आलिया भट्ट र रणवीर कपुरले पुत्रीलाभ गरेका छन् । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ ।
आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् । विवाहको केही महिनामै आलिया र रणवीरले आफूहरुले सन्तानलाई स्वागत गर्न लागिरहेको घोषणा गरेका थिए ।