इटहरी । इटहरी उपमहानगरपालिकाले जग्गा वर्गीकरणको नतिजा प्रकाशन गरेको छ । उपमहानगरपालिकाले स्थानीय राजपत्रमा नतिजा प्रकाशन गरेको हो । वर्गीकरणको नतिजा प्रकाशनसँगै इटहरीमा जग्गाको कित्ताकाँट खुलेको छ ।
भूउपयोग नियमावली २०७९ को नियम ५ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरर इटहरी उपनगरपालिकाले गरेको जग्गाको वर्गीकरण गरेको हो ।
वर्गीकरणका लागि स्थानीय भूउपयोग परिषद् बनाइएको थियो । जसले कृषि, आवासीयm व्यवशायीक, औद्योगिक, वन, सार्वजनिक, नदीखोला, साँस्कृतिक क्षेत्रमा जग्गाको वर्गीकरण गरेको छ ।
उपमहानगरपालिकाले प्रकाशन गरेको नतिजाअनुसार इटहरी नगर क्षेत्रभित्र आवासिय कित्ता ४१ हजार १५७ रहेका छन् । यस्तै व्यवशायीक क्षेत्रका १७ हजार १६० वटा कित्ता छन् भने कृषिका जम्मा तीन हजार २८४ कित्ता रहेका छन् । औद्योगिक प्रयोजनका ३९२ कित्ता छन् । यस्तै वडा नं. २ मा एउटै मात्र वन क्षेत्र रहेको छ भने ७०१ वटा कित्ता सार्वजनिक, १२३ वटा कित्ता नदी, खोला, सिमसार, ३५ वटा कित्ता साँस्कृतिक तथा पुरातात्विक छन् ।