झापामा ज्यान मार्ने मुद्दाका फरार अभियुक्त सात वर्षपछि पक्राउ

न्युजलय १३ जेठ २०८०, शनिवार ०२:१५ मा प्रकाशित

झापा । झापामा ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा झापा गाउँपालिका–३ का ३९ वर्षीय भुपेन भन्ने रूपबहादुर राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा जिल्ला अदालत भद्रपुरको २०७३ असोज ११ गतेको फैसला अनुसार ज्यान मार्ने उद्योग मुद्दामा रायलाई ५ वर्ष कैद सजाय तोकेका थिए। 

फरार रहेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो। 

उनलाई अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको प्रहरीले जनाएको छ ।