मोरङ । मोरङको बेलबारी नगरपालिकामा चैत १२ गते आइतबारदेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ ।
लामो समयदेखि बन्द रहेको कित्ताकाट आइतबारदेखि खुल्ने निर्णय गरिएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिए । नयाँ नियमावलीले जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न रोकेको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि तथा गैरकृषि क्षेत्र भनेर वर्गीकरण नगरी जग्गाको कित्ताकाट रोकिएको थियो ।
बेलबारी नगरपालिकाले सोही कार्य सम्पन्न गरिसकेको र कित्ताकाट खोल्ने निर्णय भएको कार्कीले बताए ।