झापा । ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालुवा बोकेको प्र १–०१–००१ त ९०१० नम्बरको ट्याक्टरको डालामा उनी बसेका थिए ।