२०७८ साल कार्तिक ७ गते अाईतबार

फिल्म ‘उचाइ’ को सुटिङका लागि बलिउड कलाकार काठमाडौंमा

न्युजलय १९ असोज २०७८, मङ्गलबार १०:२२ मा प्रकाशित

काठमाडौं । हिन्दी फिल्म ‘उचाइ’को छायांकनका लागि बलिउड अभिनेता अनुपम खेरसहितको कलाकारको टोली आईतबार काठमाडौं आइपुगेको छ ।

‘उचाइ’ को छायांकनका लागि अनुपम खेरसँगै अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायतको टोली काठमाडौं आइपुगेको हो ।

कलाकार खेरले ट्विटरमार्फत काठमाडौं आइपुगेको जानकारी दिएका छन् । यो समुहले सोमबारदेखि नै छायांकन प्रारम्भ गरिसकेको छ ।

उनले नेपालमा छायांकन हुने यो फिल्म उनको करियरको ५२०औं फिल्म भएको रहेको बताएका छन् ।

फिल्म ‘उचाइ’ को टोली करीब ४० दिन नेपालमा रहने बताइएको छ ।

बलिउडका स्थापित निर्देशक सूरज बडजात्याको निर्देशनमा निर्माण हुन लागेको ‘उचाइ’मा अभिनेता अमिताभ बच्चन र डेनी डेन्जोङ्पाको अभिनय रहने भए पनि उनीहरू भने नेपाल आइपुगेका छैनन् ।

बलिउडको स्थापित राजश्री प्रोडक्सनले यो फिल्म निर्माण गरिरहेको हो ।