बढ्यो सुनको भाउ

न्युजलय ९ बैशाख २०८२, मङ्गलबार ११:५८ मा प्रकाशित

काठमाडौं । आज सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको हो । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।