सगरमाथा आधार शिविरमा लेक लागेर एक जनाको मृत्यु

न्युजलय २० चैत २०८१, बिहिबार ०५:४९ मा प्रकाशित

सोलुखुम्बु । सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पाको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए ।

यही चैत १७ गते लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ ।

 घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।