सुनको मूल्य बढ्यो

न्युजलय ७ पुस २०८१, आइतबार ११:५९ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने तोलामा १ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।