किमाथांका । संखुवासभाको मकालु गाउँपालिका–२, मा तुलाराम विष्टको मृत्यु भएको छ ।
मकालु गाउँपालिका–२, सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
विष्टको शव मकालु बेसक्याम्पबाट हेलिकोप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।